Breaking News

रत्ननगरको जयमंगलामा प्रदेश सरकारले बनायो प्रहरी चौकी

Banner

चितवन,फागुन ५-

चितवनको रत्ननगर नगरपालिका–१३ जयमंगलामा बागमती प्रदेश सरकारले प्रहरी चौकी निर्माण गरेको छ । प्रदेश सरकारको आन्तरीक मामिला तथा कानुन मन्त्रालयबाट गत आर्थिक वर्ष २०७६÷०७७ मा विनियोजन गरिएको वजेटले सुविधायुक्त प्रहरी चौकी निर्माण गरिएको हो । निर्माण सम्पन्न भईसकेपनि कोरोना भाईरस भाइरस संक्रमणका कारण चौकीको भवन उद्घाटन गरिएको थिएन् । बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाका प्रहरी निरीक्षक विमला श्रेष्ठका अनुसार चौकी निर्माणमा कुल १ करोड ६२ लाख ५० हजार रुपैयाँ खर्च भएको छ । चौकीमा महिला र पुरुषको छुट्टाछुट्टै शौचालयसहित हिरासत कक्ष समेत रहेका छन् ।

सो नवनिर्मित भवनको बुधवार एक कार्यक्रमका बीच बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक(डिआईजी ) वसन्तकुमार लामाले सो उद्घाटन गर्नुभयो । सो अवसरमा डिआईजी लामाले सुविधायुक्त भवन निर्माणपछि सहज र सरल किसिमले सेवा प्रवाह गर्न मद्यत पुग्ने बताउनुभयो । भवन नहुँदा काममा अप्ठ्यारो हुन्छ,अव भवन सुविधायुक्त भयो डिआईजी लामाले भन्नुभयो, – जनताले प्रहरी रहेको अनुभुती हुने गरि सेवा प्रवाह गर्नुपर्छ । केही प्रहरी स्वार्थको लागि मात्र काम गर्ने कहिकतै आफुले पाएको भन्दै डिआईजी लामाले समाजमा राम्रो परिचय वनाउने गरि काम गर्न मातहतका प्रहरीलाई उहाँले निर्देशन दिनुभयो । उहाँका अनुसार गत आर्थिक वर्षमा बागमती प्रदेशभर ४६ वटा प्रहरी इकाई र चालु आर्थिक वर्षमा २१ वटा प्रहरी इकाईलाई सरकारले वजेट विनियोजन गरेको थियो ।

भवन उद्घाटन कार्यक्रममा रत्ननगर १३ का वडाध्यक्ष चित्रवहादुर भण्डारीले स्थानीय तह र समुदायले निर्माण सुरु गरेपनि रकम अभावका कारण अपुरो रहेकोमा प्रदेश सरकारको सहयोगमा निर्माण सम्पन्न भएकोमा खुसी व्यक्त गर्नुभयो । तत्कालिन अवस्थामा पिल्लर ठड्याउने काम भएर रकम अभाव हुँदा निर्माण कार्य रोकिएको थियो । इलाका प्रहरी कार्यालय रत्ननगरको मातहतमा रहेको सो चौकीमा प्रहरी सहायक निरीक्षकको कमाण्डमा ५ जना प्रहरीको दरवन्दी रहेको छ ।

इलाका प्रहरी कार्यालय रत्ननगरका प्रमुख प्रहरी नायव उपरिक्षक रविन कार्कीका अनुसार सो चौकीले रत्ननगरको वडा नम्वर १२,१३ र १५ मा सेवा प्रवाह गर्दै आएको छ । आफ्नै भवन नहुँदा चौकी भाडामा वस्दै आएको थियो । इलाका प्रहरी कार्यालय रत्ननगरको मातहतमा प्रहरी चौकी र प्रहरी बिट गरि कुल १० वटा इकाई रहेका छन् । उद्घाटन कार्यक्रममा चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्मा,विभिन्न सुरक्षा निकायमा प्रमुखहरु,वडाअध्यक्षहरु लगायतको उपस्थिती रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>