Breaking News

नेपालको संविधानले प्रधानमन्त्रीलाई कुनै विशेषाधिकार दिएको छैन : अधिवक्ता खरेल

Banner

काठमाडौं, फागुन ५ –

वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेलले नेपालको संविधानले प्रधानमन्त्रीलाई कुनै विशेषाधिकार नदिएको बताएका छन् ।

एमिकस क्युरी (अदालतका साथी) का रुपमा चयन भएका खरेरलले भने, ‘संविधानमा विशेषाधिकारसम्बन्धी २ वटा धारा छन्, १०३ र १८७,’ ‘हाम्रो संविधानले कार्यपालिकालाई कुनै विशेषाधिकार दिएको छैन । बोल्दै नबोली प्रधानमन्त्रीको हकमा फुत्त विशेषाधिकार राख्नुपर्ने किन हुन्छ ? हाम्रो संविधानले कल्पनै नगरेको विशेषाधिकार छ भन्न मिल्दैन ।’

प्रतिनिधिसभा विघटन असंवैधानिक भएको समेत उनले बताएका छन् । खरेरलले प्रणाली नै ध्वस्त हुन लागेकोले पुस ५ मा भएको संसद् विघटनलाई सदर गर्न आग्रह गरेका छन् । संविधानको धारा ८५ मा ‘यस संविधान बमोजिम’ भनेको धारा ७६(७) नै भएको उनले बताए । संविधानमा हुँदै नभएको अधिकार प्रयोग गर्दा अराजकता मात्र आउने वरिष्ठ अधिवक्ता खरेलले बताएका हुन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>