Breaking News

नेकपा प्रचण्ड- माधव समूहद्धारा मानव साङ्गोले टुँडिखेल घेर्ने घोषणा

Banner

काठमाडौं, फागुन २ –

नेकपा प्रचण्ड -माधव समूहले चौथो चरणको आन्दोलन घोषणा गरेको छ । केन्द्रीय संघर्ष समितिले आज पत्रकार सम्मेलन गरी फागुन ६ गते प्रतिगमन, महंगी र महिला हिंसाको विरोधमा मानव साङ्गोले टुँडिखेल घेर्ने घोषणा गरेको हो ।

फागुन ५ देखि १२ गतेसम्म जिल्लामा विरोध प्रदर्शन गर्ने कार्यक्रम छ । फागुन ६ गते काठमाडौंको टुँडिखेल वरपर मानव साङ्लो बनाएर विरोध गर्ने कार्यक्रम रहेको उनले बताए ।

यसअघि प्रचण्ड-माधव समूहले गत माघ १३ देखि २८ गतेसम्म तेस्रो चरणको आन्दोलनका कार्यक्रमहरु गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>