Breaking News
सपना रोका मगरले दिइन विनयजंग बस्नेतविरुद्ध प्रहरीमा जाहेरी
०
काठमाडौँ फागुन २-
बीबीसीको प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोका मगरले विजयजंग बस्नेतविरुद्ध उजुरी दिएकी छिन् ।
म्याग्दीकी १८ वर्षीया सपनाले आइतबार बस्नेतविरुद्ध महानगरीय प्रहरी परिसर, काठमाडौंमा अभद्र व्यवहारको मुद्दामा उजुरी दिएकी हुन् ।
बस्नेतले युट्युब च्यानलमा अन्तर्वार्ता दिँदै सपनाका नग्न तस्वीर आफूसँग पेन ड्राइभमा सुरक्षित रहेको र कुनै बेला सार्वजनिक गरिदिने धम्की दिएका थिए ।
परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले बस्नेतले सपनाले बस्नेतविरुद्ध अभद्र व्यवहारको मुद्दामा उजुरी दर्ता गराएको जानकारी दिए । उनले उजुरी दर्ता भएसँगै प्रहरीको टोली पक्राउ पूर्जी लिन अदालत गएको एसएसपी सिंहले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























