मकवानपुर

मकवानपुरको हरामीचोकमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

Banner

हेटौंडा,फागुन २-

मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ४, हरामीचोकमा भएको मोटरसाइकल दुर्घटनामा परी हेटौंडाका एक युवकको मृत्यु भएको छ।

हेटौंडाबाट राईगाउँतर्फ जाँदै गरेको प्रदेश नं। ३–०–०३–००१ प ८८९७ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटनामा पर्दा हेटौंडा ६ रामनगरका ३० वर्षीय आशिक श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका श्रेष्ठको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो।

मोटरसाइकल चालक आफूहरुको नियन्त्रणमा रहेको मकवानपुर प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>