Breaking News

संसद भवन हमला काण्डमा ट्रम्पमाथि लागेको महाअभियोग असफल

Banner

एजेन्सी,फागुन २-

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि लागेको दोस्रो पटकको महाअभियोग पनि असफल भएको छ । ६ जनवरीमा संसद भवनमा भएको हमलापछि ट्रम्पमाथि अमेरिकी कंग्रेसको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले महाअभियोग लगाएको थियो ।

तर सिनेटमा महाअभियोग पारित हुनका लागि आवश्यक दुई तिहाइ मत जुट्न सकेन । शनिबार ट्रम्पमाथि लगाएको महाअभियोगमाथिको बहस सकिएर मतदान भएको थियो । जसमा ट्रम्पलाई महाअभियोग लगाउने पक्षमा ५७ जना सिनेटर उभिएका थिए भने ४३ जनाले महाअभियोगको विपक्षमा मतदान गरेका थिए । महाअभियोग पारित हुनका लागि ६७ जनाको समर्थन आवश्यक थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>