चितवन विशेष

चितवनमा सानो भर्‍याङ्ग र बाँसबरीबीच कार्यगत एकता, केन्द्रमा एकताका लागि दबाब दिने निर्णय

Banner

चितवन, फागुन १
चितवनको सानो भर्‍याङ्ग र बाँसबरीबीच कार्यगत एकता भएको छ ।

विश्व हिन्दू महासंघमा आवद्ध यी दुबै संस्थाले आज शनिबार भरतपुरमा एक कार्यक्रम गरी एकता घोषण गरेका हुन् ।

एकता घोषणा गर्दै उनीहरुले ९ बुँदे समझदारी पत्र जारी गरेका छन् । पत्रमा एउटै उद्देश्य भएका दुई संस्था मिल्नुको विकल्प नभएको उल्लेख गर्दै केन्द्रीय एकताका लागि पनि चितवनले दबाब दिनेलगायतको सहमति भएको ।

सहमति पत्रमा दुबै तर्फबाट पाँचपाँच जनाको हस्ताक्षर रहेको छ । बाँसबारीका तर्फबाट चितवनका अध्यक्ष बालकुमारी अर्याल, गुरु बालकृष्ण अर्याल लगायतले हस्ताक्षर गरेका छन्, भने सानो भर्‍याङ्गका तर्फबाट चितवनका अध्यक्ष प्रेमप्रसाद गैरे, सचिव फुलनाथ न्यूरे, केन्द्रीय सदस्य टंकनाथ पौडेल, केन्द्रीय सदस्य अनिता खरेललगायतको हस्ताक्षर रहेको छ ।

एकता कार्यक्रममा बोल्ने वक्ताहरुले चितवनको एकतालाई केन्द्रले अस्वीकार गरेमा आफूहरुले नयाँ योजना बनाउनु पर्ने बताएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>