Breaking News

म प्रधानमन्त्री भएपछि नेपाल विश्वमाझ चिनियो : ओली

Banner

बुटवल, फागुन १-

प्रधानमन्त्री केपी शर्मा ओलीले देशको समृद्धिको यात्रा पूरा गर्न खोज्दा आफूलाई प्रचण्ड–माधव समूहले हटाउन खोजेको बताएका छन्।

बुटवलमा नेकपा लुम्बिनी प्रदेश कमिटीले आज आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशको समृद्धिको सपना पूरा गर्न नदिने समूहले अहिले सडकमा डम्फु बजाइरहेको बताए।

‘देश बनाउने आफ्नो उदेश्यसँग नमिलेका, समृद्धिको सपना नदेख्ने र अरुले देखे पनि पूरा गर्न नदिने तत्वहरू सरकार र पार्टीबाट बाहिरिएर सडकमा डम्फु बजाइरहेका छन्,’ उनले भने । प्रधानमन्त्री ओलीले आफूले देश र पार्टी बनाउन खोज्दा पार्टी छोडेर हिँडेको बताए । आफूलाई सांसद किनबेच गरेर साँठगाँठ गरेर पार्टी फुटाएर पदबाट हटाउन षड्यन्त्र गरिएको उनले दाबी गरे ।

प्रधानमन्त्री ओलीले तीन वर्षको अवधिमा सरकारले असाधारण विकासका काम अगाडि सारेको उल्लेख गर्दै विकास देख्न नचाहने तत्व अत्तालिएको बताए । ‘हाम्रा विरोधीहरू त्यसै अत्तालिएका होइनन्, तीन वर्षमा गरेको काम देखेर अझै दुई वर्ष काम गर्न दिने हो भने आफू विलय हुने डरले अत्तालिएका हुन्,’ उनले भने।

आफू प्रधानमन्त्री भएपछि नेपाल विश्वमाझ चिनिन र सुनिन थालेको भन्दै ओलीले राष्ट्र, राष्ट्रियता र स्वाभिमानका सवालमा आफू कसैसामु कहिल्यै नझुक्ने बताए।

ओलीले अदालतले देशलाई अस्थिरतातर्फ धकेल्ने गरी निर्णय नगर्नेमा आफू विस्वस्त रहेको बताए। ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालतर्फ लक्षित गर्दै भने , ‘एकहुल मान्छे जम्मा गरेर ‘मान्छे हेर्न यहाँ आउ’ भन्नेहरूलाई बुटवलको जनसभा हेर्न म चुनौती दिन्छु ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>