Breaking News
पश्चिमी वायुको प्रभावः सोमबारसम्म वर्षा र हिमपातको संभावना

काठमाडौं, फागुन १–
नेपालमा सोमबारसम्म हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
पश्चिमी वायुको प्रभाव रहेकोले हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
शनिबार बिहान सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केही भू–भागमा आंशिकदेखि सामान्य बदली रहने सम्भावना रहेको छ। देशका अन्य पहाडी भू–भागहरुमा आंशिक बदली रहेको छ भने बाँकी भू–भागमा मौसम सफा रहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । प्रदेश १ का पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ।
आज राति देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।
























