चितवन विशेष

निर्मला पन्त र भागीरथी भट्टलाई न्याय दिन माग

Banner

चितवन, माघ ३० –

निर्मला पन्त र भागीरथी भट्टलाई न्याय दिलाउनको लागि सबै एकजुट भएर सडकमा उत्रनुपर्ने चितवनका महिला अधिकारकर्मीहरुले बताएका छन् । निर्मला र भागीरथीको न्याय माग गर्दै उनीहरुले यसो भनेका हुन ।

आज भरतपुरको चौबिसकोठीमा निर्मला पन्त देखि भागिरथी भट्ट सम्मका जवरजस्तीकरणी पछी हत्या भएको घटना विरोधमा खबरदारी कार्यक्रम भएको थियो । कार्यक्रममा सरकारले नै बलात्कारीहरुलाई संरक्षण गर्न उस्काएको बताइएको थियो । गृहमन्त्री रामबहादुर थापा बादलले बलात्कारका घटना नेपालमा मात्रै नभएर अमेरिकामा पनि हुने भनेर गरेको टिप्पणीलाई उक्त कार्यक्रममा घोर बिरोध गरिएको थियो ।

बैतडीमा बलात्कारपछि हत्या भएको भागीरथीको शव नौं दिनदेखी अस्पतालमा नै रहेको छ । भागीरथीका परिवारले अपराधी पत्ता नलागेसम्म शव नउठाउने भनेका छन् । यस्तो अवस्थामा भागीरथीका लागि धेरै दबाब गर्दा पनि अपराधी पत्ता लाग्न नसकिएको लेखक तथा अधिवक्ता सरिता तिवारीले बताईन् । उनले अपराधी पत्ता लगाउन सबै जनाले दबाब दिन जरुरी रहेको बताएकी हुन् ।

त्यस्तै कार्यक्रममा बोल्दै महिला अधिकारकर्मी मीना खरेलले सरकारलाई ज्ञापनपत्र मात्रै बुझाएर नहुने अब सबै जना सडकमा नै आउनुपर्ने बताएकी छन् । कार्यक्रममा विभिन्न संघसंस्थाका व्यक्तिहरु, अधिवक्ता, युवानेताहरु लगायतको प्रतिबद्धता जनाएका थिए ।

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>