Breaking News
धादिङमा ट्रक र मोटरसाइकल ठोक्किँदा आगलागी, दुईको मृत्यु

धादिङ, माघ २९-
पृथ्वीराजमार्गअन्तर्गत धादिङको थाक्रेमा मोटरसाइकल र ट्रक एक आपसमा ठक्कर खाएर भएको आगलागीमा दुईजनाको मृत्यु भएको छ । थाक्रेको वडा नम्बर ८ को चार किलास्थित एभरेष्ट पम्प नजिकै ट्रक र मोटरसाइकल जुधेका थिए । लगत्तै आगो लाग्दा मोटरसाइकमा सवार दुईजनाको जलेर मृत्यु भएको छ।
गल्छिबाट काठमाडौंतर्फ जाँदै गरेको बा प्र ३ ०२ ००९प ८२३० नम्बरको मोटरसाइकल विपरीत दिशाबाट आउँदै गरेको ना १ क ६५४७ नम्बरको ट्रकसँग ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा एक्कासी आगो लागेको स्थानीयले बताएका छन् ।
घटनापछि मोटरसाइकलमा सवार दुबैजनाको घटनास्थालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय खानिखोलाले जानकारी दिएको छ । मृत्यु हुने डा. सुरेश अधिकारी रहेका छन् भने उनको ठेगाना खुलेको छैन । अर्का एकजनाको सनाखत हुन बाँकी रहेको प्रहरीले बताएको छ । मोटरसाइकलमा आगो लागेपछि स्थानीयले निभाउने प्रयास गर्दा पनि सफल नभएको प्रत्यदर्शीहरुले बताएका छन् ।
























