Breaking News

महिलालाई तनहुँबाट चितवन घुम्न बोलाएर एकान्त ठाँउमा लुटपाट गर्ने पक्राउ

Banner

चितवन,माघ २९-

चितवनमा एक महिलालाई लुटपाट गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा भरतपुरको बाह्रघरे बस्दै आएका ३२ वर्षीय बिकल क्षेत्री र २९ वर्षका सन्तोष विश्वकर्मा रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिकल क्षेत्रीले ३९ बर्षिय महिलालाई ललाई फकाई गरी तनहुँबाट चितवन बोलाएर लुटपाट गरेका हुन । क्षेत्रीले ती महिलालाई विभिन्न ठाउँमा घुमाईफिराई भरतपुर महानगरपालिका ३ कमलनगर स्थित एकान्त स्थल (चउर) मा लगि ज्यान लिने धम्की समेत दिएर लुटपाट गरेको प्रहरीले जनाएको छ ।

महिलासंग आफ्नो नाम बिशाल बताउने उनिहरुले आफुहरु मोटर्सपार्टस र वर्कसप संचालक हुँ भन्दै फोन मार्फत चिनजान गरी विभिन्न प्रलोभन देखाएर तनहुँबाट चितवन घुम्न बोलाएका थिए । माघ २४ गते पुल्चोकमा भेटेका उनिहरुले विभिन्न ठाँउमा घुमाएपछि मेरो घरमा जाँउ भन्दै अटोमा चढाएका थिए । उनिहरुले अटोमा लगेर एकान्त ठाँउमा चक्कु जस्तो धारिलो हतियार देखाएर कुटपिट तथा लछारपछार गरी महिलाले लगाएको सुनको झुम्का, सिक्री, ब्रासलेट, औंठी, घडी , २ वटा मोवाइल र नगद सत्र हजारसहित पाँच लाख त्रिसठ्ठी हजार दुइ सय पचास रुपैया बराबरको धनमाल लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सुर्य थापाले जानकारी दिए । क्षेत्रीले लुटेका सुनका झुम्काहरु विश्वकर्मालाई बिक्रि गरेको प्रहरीले जनाएको छ ।

वडा प्रहरी कार्यालय नारायणगढको टोलीले महिलाको उद्धार गरी उपचारका लागि अस्पताल पठाएको छ । अहिले उनको अवस्था सामान्य छ । पक्राउ परेकाहरुलाई हिरासतमा राखि चितवन जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको थापाले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>