Breaking News

केपी ओलिलाई एक मिनेट पनि कुर्सीमा बस्ने वैधानिक अधिकार छैन: नारायणकाजी श्रेष्ठ

Banner

काठमाडौँ,  माघ २८-

नेकपा प्रचण्ड-नेपाल समूहका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक मिनेट पनि कुर्सीमा बस्ने वैधानिक अधिकार नभएको बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित सभालाई सम्बोधन गर्दै श्रेष्ठले अवैधानिक सरकार भएकाले प्रधानमन्त्री ओलीलाई एक मिनेट पनि पदमा बस्ने वैधानिक अधिकार नभएको बताएका हुन् ।

‘आफैँले असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरिसकेको अवस्थामा केपी ओली अहिले संसदको सदस्य छैनन् । त्यस्तो अवस्था राष्ट्रपतिद्वारा अर्को सरकार नबन्दासम्म यो कामचलाउ सरकार हो भन्ने अवस्थामा बाहेक प्रधानमन्त्री पदमा बस्न मिल्दैन,’ उनले भने,

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>