Breaking News

संसद पुनर्स्थापना भए झन् बढी समस्या आउँछ : प्रधानमन्त्रीका वकिल

Banner

काठमाडौं, माघ २८ –

आजको बहसको सुरुमा अधिवक्ता बालकृष्ण न्यौपानेले संसद पुनर्स्थापना भए झन् समस्या आउने बताएका छन् । आज संसद विघटनविरुद्ध परेका रिटहरुमा बहस सुरु भएको छ ।

प्रधानमन्त्रीले संसद आह्वानको सिफारिस नगरे के हुन्छ भनेर प्रश्न गरेका छन् । उनले एउटै पार्टी सडकमा दुईतिर नारा लगाइरहेका र एउटै पार्टीको सभामुख सरकारविरुद्ध रिट लिएर आउने भएकोले संसद पुनर्स्थापना गर्दा प्रधानमन्त्रीले हाउस नबोलाए के हुने भन्ने प्रश्न गरेका छन् । यो संविधानले सबै कन्ट्रोल गर्ने अधिकार प्रधानमन्त्रीमा दिएले पुनर्स्थापना गर्दा अझ बढी समस्या आउने उनले बताएका हुन् ।

संविधानमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट संसद आह्वान गर्ने व्यवस्था छ । संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा १३ वटा मुद्दा परेका छन् । ती मुद्दामाथि माघ ४ गतेदेखि निरन्तर बहस हुँदै आएको छ । न्यायाधीश इन्द्रराज पाण्डेको निधनको शोकमा मंगलबार एक दिन स्थगित गरिएको बहस आजबाट पुनः सुरु भएको छ ।

हाल प्रधानमन्त्रीका निजी कानुन व्यवसायीले सरकारी निर्णयको प्रतिरक्षामा बहस गर्दै आएका छन् । त्यसअघि रिट निवेदकका तर्फबाट ७० जनाभन्दा बढीले बहस गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>