चितवन विशेष

भरतपुरमा लायन्स क्लवद्वारा लागुऔषध सम्बन्धी विद्यार्थीहरुलाई सचेतना कार्यक्रम

Banner

चितवन, माघ २७
लायन्स क्लव अफ भरतपुर यूथ र लियो क्लव अफ भरतपुर यूथको आयोजनामा विद्यार्थीहरुलाई लागुऔषध सम्बन्धी सचेतना गराइएको छ ।

मंगलबार नारायणी पब्लिक कलेजका ८ देखि १२ कक्षासम्मका विद्यार्थीहरुलाई लागुऔषध सम्बन्धी सचेतना दिइएको हो ।

सचेतना कार्यक्रममा ब्रम्हकुमारी राज योग सेवा केन्द्र, नारायणगढका प्रशिक्षक अर्जुन भार जी र क्वेष्ट मोडल कलेजका प्रमुख एवम् उत्प्रेरक वक्ता जगदिश चन्द्र शर्माले अभिमूखिकरण गरेका थिए । कार्यक्रमको संयोजक डिस्ट्रिक ड्रग अवारनेश प्रोगाम विभागका प्रमुख सुरज पाठकले गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>