Breaking News

प्रधानमन्त्री ओलीले निर्वाचन आयोगलाई भने: जन्मेदेखि नै सूर्यचिन्हमा चुनाव लडेको हुँ

Banner

काठमाडौँ, माघ २७-

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोग पुगेर सूर्य चिह्न आफ्नो भएको मौखिक दाबी गरेका छन् ।

प्रधानमन्त्री ओली अर्थमन्त्री विष्णु पौडेल र सुवासचन्द्र नेम्वाङसहित आज निर्वाचन आयोग पुगेर सो दाबी गरेका हुन् । प्रमुख आयुक्त दिनेश थपलियासहित आयुक्तहरूसँग भएको छलफलमा ओलीले पार्टीको आधिकारिकता र सूर्य चिह्न आफूले पाउनुपर्ने दाबी गरेका हुन् ।

’म त जन्मेदेखि नै सूर्य चिह्नमा चुनाव लडेको हुँ,’ ओलीको भनाइ उदृत गर्दै आयोग स्रोतले लोकान्तरलाई भन्यो, ‘अहिलेसम्म अन्य चिह्नबाट चुनाव लडेको छैन । प्रचण्ड हँसिया हथौडाबाट लड्नुभएको हो । हामी मिलेर अघि जाने उद्देश्यका साथ पार्टी एक बनाएका थियौं तर दुर्घटना भयो । तपाईंहरूले बुझ्नुभएकै छ ।’

ओली समूहको नेकपाले आयोगमा पुगेर लिखितरूपमा अहिलेसम्म आधिकारिकताको दाबी प्रस्तुत गरेको छैन । बरू यसअघि ओली समूह र प्रचण्ड–नेपाल समूहले गरेका छुट्टाछुट्टै निर्णयहरू अभिलेखीकरण गर्न आयोगले अस्वीकार गरेको थियो । बिहीवारको छलफलमा सहभागी नेम्वाङका अनुसार आयोगले निष्पक्ष निर्णय लिनेमा ओली विश्वस्त देखिएका थिए । ‘तपाइँहरूले निष्पक्ष र विधिसम्मत ढंगले निर्णय गर्नुहोला भन्नेमा म विश्वस्त छु,’ ओलीको भनाइ उदृत गर्दै नेता नेम्वाङले भने ।

ओलीले निर्वाचनको तयारीका सम्बन्धमा आयोगले अहिलेसम्म गरेका कामहरूको जानकारी लिएका थिए । आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले मतदाता नामावली अद्यावधिक गरिएको, मतदान केन्द्रहरूका बारेमा छलफल सुरू भएको र निर्वाचनसम्बन्धी गरिएका अन्य कामहरूको व्याख्या गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>