Breaking News

प्रेस सङ्गठन चितवनको संयोजकमा पण्डित र सह-संयोजकमा आचार्य

Banner

चितवन,माघ २७-

प्रेस संगठन नेपाल, वाग्मती प्रदेश कमिटीको मंगलबार बसेको बैठकले प्रदेशभित्रका १० जिल्लाका संयोजक र सह–संयोजकको जिम्मेवारी हेरफेर गरेको छ । सो बैठकको निर्णयले चितवनको जिल्ला संयोजकमा सुवास पण्डित र सह–संयोजकमा कृष्ण आचार्यलाई चयन गरेको छ ।

त्यसैगरी, काभ्रेपलाञ्चोकको संयोजकमा भुवन रायमाझी र सह–संयोजकमा राम सुन्दर आचार्यलाई जिम्मेवारी दिइएको छ । सिन्धुपाल्चोकको संयोजकमा विदुर आचार्य र सह–संयोजकमा नानीराम नेपाललाई जिम्मेवारी प्रदान गरेको छ । दोलखाको संयोजकमा प्रभु जिरेल, सह–संयोजकमा ताराबहादुर महत चयन भएका छन् भने रामेछापको संयोजकमा बिफा तामाङ घिसिङ र सह–संयोजकमा मेखबहादुर बिकलाई जिम्मेवारी प्रदान गरेको छ ।

सिन्धुलीको संयोजकमा बुद्ध अछामी, सह–संयोजकमा विनय दाहाल (वाईबी) त्यस्तै मकवानपुरको संयोजकमा धर्मेन्द्र दाहाल र सह–संयोजकमा पुष्पराज अधिकारी तथा रसुवाको संयोजकमा बलराम घिमिरे र सह–संयोजकमा प्रेम पौडेललाई जिम्मेवारी दिइएको छ । सो बैठकले धादिङको संयोजकमा सरोज पौडेल र सह–संयोजकमा राजन सिलवाल तथा नुवाकोटको संयोजकमा नवदीप अजनवी र सह–संयोजकमा रुपा अर्याललाई जिम्मेवारी दिइएको छ ।

काठमाडौँमा सम्पन्न प्रेस संगठन नेपाल, वाग्मती प्रदेश कमिटीको बैठकले १ हप्ता भित्र प्रदेशभित्रका जिल्ला कमिटीको सदस्यहरुको पनि पूर्णता दिई नामावली पठाउन निर्देशन दिएको छ । सो बैठकले आगामी फागुनको दोस्रो हप्ताभित्र प्रेस संगठन नेपालको वाग्मती प्रदेश स्तरीय भेला गर्ने समेत निर्णय गरेको छ । साथै बैठकले सरकारले निःशुल्क उपलब्ध गराउने कोरोनाको खोप सम्पूर्ण जिल्लामा सबै पत्रकारहरुलाई तुरुन्त लगाउनका लागि आवश्यक व्यवस्था मिलाउन अनुरोध गर्नेसमेत निर्णय गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>