Breaking News

ओलीलाई प्रचण्डको जवाफ: राम नेपालको अध्योध्यामा जन्मिएको प्रमाणित गर्न सिन्को भाँच्नु भएको छैन

Banner

काठमाडौं माघ,२७ –

नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘तपाईं कम्युनिस्ट पार्टीको अध्यक्ष कि हिन्दु महासंघको’ भनी प्रश्न गरेका छन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुमा आवद्ध सञ्चारकर्मीसँग मंगलबार भएको छलफलका क्रममा प्रचण्डले कम्युनिस्ट पार्टीको अध्यक्ष हो कि हिन्दु महासंघको अध्यक्ष हो रु भन्ने प्रश्न ओली आफैंले उठाएको बताए । अयोध्या, राम मन्दिर, पशुपतिनाथमा पूजा लगायतका कारण सबैले प्रश्न उठाएको उनले सुनाए ।

हालै चितवनमा पुगेर ओलीले आफूलाई अध्योध्याबारे किन नबोलेको भनेर प्रश्न गरेको स्मरण गर्दै प्रचण्डले त्यसको जवाफ पनि दिए । ‘यदि नेपालमा राम जन्मिएको प्रमाणित हुन्छ, धार्मिक पर्यटकीय स्थल बन्छ भने म भन्दा खुसी अर्को को होला रु’ उनले भने, ‘केपीजीलाई मेरो चुनौती के छ भने पुरातात्विक अन्वेषण गर्ने, राम नेपालको अध्योध्यामा जन्मिएको प्रमाणित गर्न सिन्को भाँच्नु भएको छैन । अहिले जे गर्नु भएको छ, त्यो स्टन्ट मात्र हो ।’

आफूहरुले राज्य धर्म निरपेक्ष हुनुपर्छ भनेको तर जनताको धार्मिक आस्थाको सम्मान गर्ने बताए

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>