Breaking News

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य

Banner

काठमाडौँ माघ २७-

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले निमित्त कार्यकारी निर्देशकको जिम्मेवारीमा रहेका शाक्यलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।

चर्को दबाबका बीच पनि सरकारले प्राधिकरणको कार्यकारी निर्देशकमा करिब ५ महिना कसैलाई पनि तोकेको थिएन ।

२१ कात्तिकका निमित्तको जिम्मेवारी पाएका शाक्यलाई मन्त्रिपरिषदले तीन महिनापछि कार्यकारी निर्देशकको जिम्मेवारी दिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>