Breaking News

धरहराको २२ औँ तलाको ढलान हुँदै, सुनको जलपसहितको गजुर राखिने

Banner

काठमाडौं, माघ २६-

पाँच वर्ष अघिको विनाशकारी भूकम्पले ढलेपछि बनाइएको २२ तले धरहरामध्ये २१ तलाको ढलान सम्पन्न भएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीले २१ तलाको ढलान सम्पन्न भएर २२ औँ तलाको ढलान सुरु भएको जानकारी दिएका छन् ।

‘२२ औँ तलाको निर्माण कार्य सकिनेबित्तिकै सुनको जलपसहितको गजुर राखिनेछ’, उनले भने, ‘गजुर निर्माणको काम भइरहेको छ । २२ तलाको ढलान सम्पन्न भएपछि अबको डेढ महिनापछि गजुर राख्छौँ । पुरानो धरहराको गजुरमा नयाँ सुनको जलप हालिने हो ।’ नेपाल सरकारअन्तर्गतको पुनर्निर्माण प्राधिकरणले नयाँ धरहरा पुनर्निर्माण सुरु गरेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>