Breaking News
बारामा घरभित्रै एक महिलाको हत्या
०

बारा, माघ २६–
बारामा घरभित्रै एक महिलाको हत्या भएको छ ।
महागढीमाई नगरपालिका–१ की ४८ वर्षीया कान्तिदेवी कुशवाहको आइतबार राति हत्या भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कान्तिदेवीको गालामा धारिलो हतियार प्रहार भएको छ । घटना बारे थप विवरण आउँन बाँकी छ ।
आइतबार बेलुकी उनका श्रीमान खाना खाएर घर बाहिर निस्किएका थिए । केहीबेरपछि आफू घरमा फर्किंदा श्रीमतीलाई मृत अवस्थामा फेला पारेको उनले प्रहरीसमक्ष बताएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























