चितवन विशेष

जखडीमाई टोल भरतपुर-११ को अध्यक्षमा अर्याल

Banner

चितवन,माघ २५-

भरतपुर महानगरपालिका वडा नम्बर- ११ स्थित जखडीमाई टोल विकास संस्थाको अध्यक्षमा पुनः कमला अर्याल निर्वाचित भएकी छिन् । संस्थाको शनिबार सम्पन्न दोश्रो साधारणसभा तथा प्रथम अधिवेशनले अर्यालको अध्यक्षतामा १३ सदस्सीय कार्य समिति चयन गरेको छ । संस्थाको अन्य पदहरुमा सर्वसम्मतरुपमा नेतृत्व चयन भएपनि अध्यक्षमा भने निर्वाचन गरिएको थियो ।

अध्यक्ष पदको लागि भएको निर्वाचनमा ११९ मत खसेकोमा अर्यालले ७८ मत प्राप्त गरेर निर्वाचित भएकी थिईन् भने प्रतिद्वन्द्वी प्रेमबहादुर बोहोराले २४ मत र माधवीकुमारी गौतमले १४ मत प्राप्त गरेकी थिईन् । संस्थाको उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः मिना दाहाल, मनोज अर्याल, कमला गौतम र कमल कुँवर खड्का सर्वसम्मत चयन भएका थिए । यस्तै सदस्यहरुमा कृष्णबहादुर लामिछाने, रश्मी पोख्रेल, शुरेश भट्ट, निर्मल अमगाई, अभिमन्यु तिवारी, रुपा मल्ल ठकुरी, विष्णु श्रेष्ठ र जालमाया मगर चयन भएका छन् ।

अधिवेशनको वडा नम्बर ११ का वडा अध्यक्ष बाबुराम अधिकारीले उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै वडा अध्यक्ष अधिकारीले अन्य टोलहरु भन्दा जखडीमाई टोल प्राकृतिक रुपमा र ऐतिहाँसिक रुपमा सम्पन्न भएको भन्दै अव विकासको काममा पनि अन्य टोल भन्दा उत्कृष्ट हुनु पर्ने बताए ।

वडाले टोलको रेखांकन र सिमांकनको काम गरिसकेको भन्दै अधिकारीले टोल विकास संस्थाका पदाधिकारीको क्षमता विकास, ऐतिहाँसिक जखडीमाई मन्दिरलाई बजेट विनियोजन, खानेपानीको पाईप गाड्ने काम, जखडी माई टोल भित्रै स्वास्थ्य चौकी भवनको निर्माण लगायतका कामहरु भएको जानकारी दिए । अव टोल विकास संस्थाले आफ्नो टोल भित्रको सार्वजानिक जग्गाको पहिचान गरि त्यसको संरक्षण र व्यवस्थापनको काम गर्नु पर्नेमा अध्यक्ष अधिकारीले जोड दिए ।

टोल विकास संस्थाकी अध्यक्ष कमला अर्यालयको अध्यक्षतामा भएको सो कार्यक्रममा मृगकुन्ज टोल विकास संस्थाका अध्यक्ष कुलबहादुर तामाङ, प्रहरी चौकी भोजाडका प्रमुख बिरु तामाङ लगायतले मन्तव्य राखेका थिए । सो कार्यक्रमको सन्चालन सचिव मिना दाहालले गरेकी थिईन् । अधिवेशनमा सचिव दाहालले संस्थाको प्रतिबेदन र
कोषाध्यक्ष पार्वती दवाडीले आर्थिक प्रतिबेदन पेश गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>