मनोरञ्जन

कविता र पलको ‘तिमी छौं र’ गीत सार्वजनिक

Banner

चितवन, माघ २५ –

गायक कमल खत्री र गायिका अस्मिता अधिकारीको स्वर रहेको ‘ “तिमि छौ र’ बोलको गीत सार्वजनिक भएको छ। चर्चित नायक पल शाह र नायिका कविता राएको अभिनय रहेको म्युजिक भिडियो “तिमि छौ र’  गीतमा शब्द संगीत पनि कमल खत्री कै रहेको छ ।

चितवनको रमणीय स्थानहरुमा छायांकन गरिएको यस गीतलाई हरि हुमांगाईले निर्देशन गरेका हुन् । गायक प्रताप दासको केही वर्ष अगाडि सार्वजनिक भएको ‘कसलाई सानु भनी बोलाउँला’ बोलको गीतबाट मोडलिङ यात्रा सुरु गरेकी कविताले अहिलेसम्म दर्जनौं म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् ।

हाल छायांकन भईरहेको चलचित्र “चोर र पुलिस“ मा नायिकाको भूमिका निभाईरहेकी कविताले सिनेमाको छायांकनमा ब्रेक लिएर यस म्युजिक भिडियोलाई समय दिएको कविताले जानकारी दिइन् । पलसंग कविताको यो गीतमा पहिलो अभिनय हो ।

सार्वजनिक भएको छोटो समयमा युटुब र टिकटकमा यस गीतले राम्रै दर्शक श्रोताको साथ पाएको देखिन्छ । गीतलाई कमल खत्रीको आफिसिएल युटुब च्यानल कमल खत्रीबाट सार्वजनिक गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>