Breaking News

मनाङमा हिमपात, तापक्रम माइनस १० डिग्रीमा झर्‍यो

Banner

मनाङ, माघ २४-

क्रबार बिहानदेखी परेको हिमपातका कारण हिमाली जिल्ला मनाङको तापक्रम माइनसमा झरेको छ। तापक्रम माइनस १० डिग्रीसम्म पुगेकाले जनजीवन कष्टकर बनेको छ।

‘चिसो अत्याधिक बढेको छ। कोही पनि घरबाहिर निस्कन सकेका छैनन्’, मनाङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद लामिछानेले भने, ‘शुक्रबार र शनिबार गरेर एकफुट भन्दा बढी हिउँ जमेको छ।’

शनिबार सुरक्षा निकायले हिउँ पन्छाएर बाटो खोल्ने प्रयास गरेपनि पुनः हिमपात भएपछि सफल हुन सकेको छैन्। अब आइतबार मात्र गोरेटो तथा मोटरबाटो खुलाउन पहल गरिने प्रजिअ लामिछानेले जानकारी दिए।

मनाङको नासों गाउँपालिका–९ दानक्युदेखि माथिल्लो क्षेत्रमा व्यापक हिमपात भएको छ। मनाङ ङिस्याङ, नार्पाभूमि र चामे गाउँपालिकामा एक फिटभन्दा बाक्लो हिमपात भएको हो । हिमपातका कारण सवारी आवागमन ठप्प भएको छ। हिमपातले जनजीवन कष्टकर बनाए पनि किसान भने खुसी भएका छन्। गौरी शंकर आधारभूत विद्यालयका प्रधानाध्यापक कमल गुरुङले हिमपातले आलु, फापर, गहुँ, जौ र उवालगायतका बालीलाई राम्रो गर्ने बताए।

निस्याङ गाउँपालिका(१ ढिकुरपोखरीका पर्यटन व्यवसायी समीरबाबु घलेका अनुसार मनाङमा यो वर्षको पहिलो हिमपात हो। शनिबार लमजुङका उच्च पहाडी क्षेत्रमा पनि हिमपात भएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>