मनोरञ्जन

ओस्कार अवार्ड विजेता अभिनेता क्रिष्टोफल प्लमरको निधन

Banner

चितवन, माघ २४-

ओस्कार अवार्ड विजेता अभिनेता क्रिष्टोफल प्लमरको निधन भएको छ।

प्रतिष्ठित क्यानडियन अभिनेता प्लमरको ९१ वर्षको उमेरमा निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

लामो चलचित्र करिअरमा उनी द साउण्ड अफ म्युजिकमा निर्वाह गरेको क्याप्टेन भोन ट्रापको भूमिकाका कारण सर्वधिक परिचित भए ।

उनले सन् २०१२ चलचित्र बिगिनर्सका लागि ओस्कार अवार्ड जितेका थिए। यस्तै सन् २०१० मा द लास्ट स्टेसन र २०१८ मा अल द मनी इन द वर्ल्डका लागि ओस्कारमा मनोनित भएका थिए । यस्तै उनले द म्यान हू वुड बी किङ्ग, नाइभ्ज आउटसहितका चलचित्रमा काम गरेका छन्।

उनले स्टार ट्रेक चलचित्र तथा शलर्क होम्ससहितमा पनि काम गरेका थिए । उनको कनाटिकटस्थित घरमा निधन भएको र त्यसबेला श्रीमती एलाइनी टेलर साथमा रहेको पारिवारिक स्रोतले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>