Breaking News

कैलालीमा माटोको ढिस्कोले पुरिएर तीन महिलाको मृत्यु, दुई घाइते

Banner

टीकापुर, माघ २४-

कैलालीको सुदूरपूर्वी जानकी गाउँ पालिका,९ पूर्वी खैरीफाँटामा माटोको ढिस्कोले पुरिएर तीन जनाको मृत्यु भएको छ।

घर लिपपोतका लागि माटो लिन गएका पूर्वी खैरीफाँटाका २० वर्षीया भावना ओड, ३१ वर्षीया गंगा जैगडी र १७ वर्षीया धनसरी वि।क।को घटनास्थलमै मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय टीकापुर डिएसपी मधुसुदन न्यौपानेका अनुसार घटनामा परी दुई जना घाइते भएका छन्। घाइते हुनेमा काजल विक र अञ्जु जैगढी रहेका छन्। घाइतेको टीकापुर अस्पतालमा उपचार भइरहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>