Breaking News

बासमती अब नेपालको रैथाने धानः नेपालले पठायो ईयूलाई प्रमाण

Banner

काठमाडौं,माघ २४-

नेपालले बासमती धान नेपालको हो भनी दाबी गरेको विषयमा आफ्नो प्रमाण युरोपेली सङ्घ (ईयू)लाई पठाएको छ । भारत र पाकिस्तानले बासमती धान आफ्नो देशको हो भन्दै आधिकारिकताका लागि ईयूमा दाबी पेस गरेपछि नेपालले पनि सो धान आफ्नो देशको हो भनी डिसेम्बर ९ मा दाबीसहितको पत्र दर्ता गराएको थियो । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले बिहीबार नेपालको प्रमाण ईयूलाई पठाएको हो ।

बासमती धानका लागि तीन देशबाट दाबी आएपछि ईयूले तीनवटै देशलाई फेब्रुअरीको पहिलो हप्ताभित्र आआफ्नो प्रमाण पेस गर्न भनेको थियो । त्यसअनुसार नेपालले प्रमाण जुुटाएर पठाएको हो । नेपालले १३ बुँदामा आफ्नो दाबी प्रस्तुुत गरेको छ । ती १३ बुँदे दाबीलाई पुष्टि गर्न ८० वटा प्रमाण पेस गरेको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) राष्ट्रिय जिन बैङ्कका वरिष्ठ वैज्ञानिक डा. बालकृष्ण जोशीले जानकारी दिनुुभयो ।

वैज्ञानिक जोशीको नेतृत्वमा बासमती धानबारे अध्ययन गर्न अध्ययन समिति बनेको थियो । सो समितिले एक महिना लगाएर अध्ययन गरेर प्रमाण पेस गरेको वैज्ञानिक जोशीले बताउनुुभयो । सन् १९६० देखिका प्रमाणबारे हामीले अध्ययन गरेका छौँ, उहाँले भन्नुुभयो, “त्यो बेलादेखि नै बासमती धानका लागि नेपालमा अनुसन्धान भएका छन् । त्यतिबेला देखिका डकुुमेन्ट तथा गोरखापत्र अध्ययन गरेर प्रमाण जुुटाएका छौँ । ”

लुुम्बिनीमा गएर त्यहाँका किसानसँग कुराकानी गर्नुका साथै विभिन्न पुराना व्यक्तिसँग पनि कुराकानी गरिएको वैज्ञानिक जोशीले बताउनुुभयो । सांस्कृतिक, आर्थिक, समाजिक तथा साङ्गीतिक रूपमा पनि बासमतीबारे अध्ययन गरेको बताउँदै उहाँले बासमती नेपालको भन्ने पर्याप्त प्रमाण पठाएको बताउनुुभयो । भारतले पनि आफ्नो प्रतिवेदनमा बासमती धानको उत्पादन नेपालको तराईबाट भएको उल्लेख गरेको छ । त्यसले गर्दा नेपालको दाबी नै पुष्टि हुने वैज्ञानिक जोशीले बताउनुुभयो ।

भारतका पनि विभिन्न स्रोत तथा प्रमाण आफूूहरूले अध्ययन गरेका आधारमा बासमती धानको उत्पत्ति नेपाल रहेको कुरा पुष्टि भएको उहाँले दाबी गर्नुभयो ।
बासमती धानका चारवटा जात राजपत्रमा नै प्रकाशित भएका छन् भने अन्तर्राष्ट्रिय जिन बैङ्कमा नेपालमा ६४ वटा बासमती धानका जात रहेका छन् । तिनलाई १०–१५ वटा देशले प्रयोगमा ल्याइरहेका छन् । नेपालको जिन बैङ्कमा बासमती धानका विभिन्न २६ वटा जात रहेका छन् । त्यसले जातका हिसाबले पनि अरू देशको तुलनामा धनी रहेको उहाँले बताउनुुभयो ।

नार्कका कार्यकारी निर्देशक डा. दीपक भण्डारीले बासमती नामको चामल नेपालकै हो भनी यथेष्ट प्रमाण आफूूहरूसँग रहेको दाबी गर्नुभयो । उहाँले भन्नुुभयो, “हामीले बासमती धान हाम्रो हो भनी पौराणिक दस्तावेज, भिडियो, फोटो, गीतलगायतका सामग्री प्रमाणका रूपमा पठाएका छौँ, जुन प्रमाणका रूपमा पर्याप्त छ । ”

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>