Breaking News
चितवनमा निर्माणाधिन रंगशालालाई पैसा जुटाउन आज सेलेव्रिटीले क्रिकेट खेल्ने
चितवन,माघ २४-
भरतपुरमा निर्माण भैरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अर्थ संकलनका लागि ‘स्टार क्रिकेट २०२१’ टुर्नामेन्ट आयोजना गरिएको छ । निर्माणाधिन रंगशालाको मिनी ग्राउण्डमा टीम धुर्मुस र टीम सुन्तलीबीच प्रतिस्पर्धा हुनेछ । नेपाली फिल्म, संगीत र खेलकुदका ४० भन्दा बढी सेलेव्रिटी दुई समूहमा बाँडिएर क्रिकेट खेल्नेछन् ।
दयाहाङ राई, प्रमोद खरेल, सन्दीप क्षेत्री, दीपक विष्ट, श्रृंखला खतिवडा, बेनिशा हमाल, संगीना वैद्य, प्रशान्त ताम्राकार, पारस खड्का, रवि ओड, ज्ञानेन्द्र मल्ल, विनोद भण्डारीलगायतले क्रिकेट खेल्ने भएका छन् । आयोजक संस्था गृष्म ब्रोडकास्टिङ मिडियाका अध्यक्ष गृहेन्द्र घिमिरेले टुर्नामेन्टबाट संकलन हुने रकम रंगशालाको निर्माणमा प्रदान गरिने बताए ।
कर्पोरेट सोसल रेस्पोन्सिबिलिटी अन्तर्गत टुर्नामेन्ट आयोजना गरिएको उनले जनाए । तेक्वान्दो खेलाडी दीपक विष्ट र अभिनेता सन्दीप क्षेत्रीले सामाजिक काममा सक्रिय हुन पाउँदा आफूहरु उत्साहित भएको बताए ।