Breaking News

प्रधानमन्त्रीको अठोट अनुसार राजनीतिक स्थायित्वको अभियानमा जुटिरहने छौं: ईश्वर पोखरेल

Banner

काठमाडौं माघ २३-

उपप्रधानमन्त्री एवं नेकपा ओली समूहका नेता ईश्वर पोखरलेले प्रधानमन्त्रीको अठोट अनुसार राजनीतिक स्थायित्वको अभियानमा जुटिरहने  बताएका छन् ।

देशमा राजनीतिक स्थायित्व चाहेकाले प्रधानमन्त्री केपी शर्मा ओलीले ताजा जनादेशमा जाने निर्णय गरेको पोखरेलले बताए ।

शुक्रबार नारायणहिटीको प्राङ्गणमा आयोजित कार्यक्रममा बोल्दै पोखरेलले भने,‘ जस्तासुकै प्रतिकुलता आए पनि ती प्रतिकुलतासित जुधेर मुलुकमा राजनीतिक स्थायित्वका लागि लागिरहने छौं ।’

प्रचण्ड–माधव पक्षले बिहीबार आयोजना गरेको नेपाल बन्दमा जलेको ट्याक्सीको क्षतिपूर्ति सरकारले व्यहोर्ने उपप्रधानमन्त्री पोखरेलले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>