Breaking News

ओली समूहको आमसभाः प्रधानमन्त्री सभास्थल पुग्दा कार्यकर्ताको जयजयकार

Banner

काठमाडौं, माघ २३-

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आमसभा सुरु भएको छ। शुक्रबार दिउँसो नारायणहिटी दरबारमार्ग सुरु भएको आमसभाअघि नेकपाले उपत्यकाका गौशाला, ज्ञानेश्वर, सोह्रखुट्टे, लैनचौर, प्रदशनीमार्ग, नयाँसडक बागबजार, त्रिपुरेश्वर, पुतलीसडक, भद्रकाली, रत्नपार्क, नयाँ बानेश्वर र माइतीघर लगायतका १६ स्थानबाट जुलुस निकालेको थियो। जुलुस सभास्थल नारायणहिटी दरबार अगाडि गएर सभामा परिणत भएको हो।

सभामा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गहमन्त्री रामबहादुर थापा र स्थायी समिति सदस्य सत्यनारायण मण्डलले सम्बोधन गर्ने कार्यक्रम छ।प्रधानमन्त्री ओली कार्यक्रमस्थल पुग्दा जयजयकार गरिएको थियो।

प्रधनामन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि नेकपा विभाजित अवस्थामा पगेको छ। पार्टी र संसदमा अल्पमतमा परेपछि ओलीले आफूलाई जनताको समर्थन रहेको देखाउन राजधानीमा पहिलोपटक बृहत सभा गरेको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>