Breaking News

केपी ओलीसँग एक-एक हिसाबको बदला लिन्छौंः माधव नेपाल

Banner

काठमाडौं,माघ २३-

विभाजित नेकपाका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीसँग एक(एक हिसाबको बदला लिने बताउनुभएको छ । उहाँले ओलीले पार्टीमात्र होइन देश नै कब्जा गर्न लागेकाले अहिलेको विवादलाई नेकपाको आन्तरिक मामिलामात्र नसोच्न आग्रह गर्नुभयो ।

आज विहान ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा नेपालले केपी ओलीले आर्मीका गाडी गुडाएर कोही नतर्सिने बताउनुभयो । पत्रकार सम्मेलनमा नेपालले भन्नुभयो, ‘केपीले पार्टी त कब्जा गरे गरे देश नै कब्जा गर्न लागे। यो नेकपाको मात्र आन्तरिक मामिला हैन। लोकतन्त्र र संविधानको रक्षाको लागि हामी जिल्ला जिल्लामा पुग्यौं । अब यो हाम्रोमात्र मामिला रहेन ।’

नेपालले चोइटिएर जानेको केही शक्ति छैन भन्दै जिल्लादेखि केन्द्रसम्म आफूहरुसँग बहुमत रहेको बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>