चितवन विशेष
भरतपुर अस्पतालमा पहिलो पटक प्रवक्ता नियुक्त,वसौलाले पाए जिम्मेवारी
०

चितवन,माघ २२-
चितवनको भरतपुर अस्पतालमा पहिलोपटक प्रवक्ता नियुक्त गरिएको छ । अस्पतालका वरिष्ठ कन्सल्टेण्ट पेडियाट्रिसियन डा.युवानिधी वसौलालाई प्रवक्ताको जिम्मेवारी तोकिएको हो ।
अस्पताल केन्द्रिय अस्पतालमा स्तरोन्नती भएपछि प्रवक्ता राख्न पाउने व्यवस्था छ । यस अघि भरतपुर अस्पतालमा सूचना अधिकारी नियुक्त गर्ने गरिएको थियो । अवदेखि सूचना अधिकारीको काम प्रवक्ताले नै गर्नेछन । आज (विहिवार) अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. जगन्नाथ तिवारीले उनलाई प्रवक्ता नियुक्त गरेका हुन् । विगत पाँच बर्षदेखि भरतपुर अस्पतालमा कार्यरत वसौला मिडिया मैत्री डाक्टरका रुपमा परिचित छन ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























