Breaking News

प्रचण्ड-माधवले बन्दका नाममा जनतालाई दुःख दिएर आफूहरुले गाडीबाट तमासा हेरे

Banner

काठमाडौं,माघ २२-

प्रधानमन्त्री केपी शर्मा ओलीले कृषकले दुस्ख गरेर फलाएको तरकारी सडकमा फ्याकेको भन्दै प्रचण्ड(माधव समूहको आलोचना गरेका छन् । उनले जनतालाई दुख दिएर प्रचण्ड र माधव नेपाल गाडीमा सयर गर्दै तमासा हेरेको आरोपसमेत लगाए । किसान महासंघको कार्यक्रममा सम्वोधन गर्दै ओलीले भने, ‘बुढी आमाले डोकामा बोकेको टमाटर सडकभरि फ्याकेर उहाँहरुले क्रान्तिकारिता देखाउनुभो । अरुका गाडी जलाउनुभो । अनि जनताले कति दुस्ख पाए हँ भनेर आफू गाडीमा तमासा हेर्न निस्किनु भो ।’

उनले अगाडि थपे, ‘एकजना गाडीमा हिँड्नुभा, अर्को चाहिँ गाडी नै त नचढौं, बाइकसम्म ठीक हुन्छ भनेर पछाडि बस्नुभयो ।’ ओलीले प्रचण्ड-माधव समूहसँग कार्यकर्ता सिद्धिएको टिप्पणी गरे ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>