Breaking News
केपी ओलीको जंगलीराज अन्त्य गर्न जनताकै लागि ठूलो जनआन्दोलन
०

काठमाडौं,माघ २२-
नेपाल बन्द सफल पार्न सडकमा निस्केका विभाजित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको जंगलीराज अन्त्य गरी जनताको शासन ल्याउन नेपाल बन्द गर्नुपरेको बताएका छन् । नेपाल बन्द गर्नु रहर नभइ बाध्यता भएको जिकिर गर्दै उनले भने– यो हाम्रो रहर होइन, मण्डलेवाद अन्त्य गर्दै गणतन्त्रको रक्षाका लागि सडकमा आउनुको विकल्प भएन ।
आन्दोलनका लागि कार्यकर्तालाई उकास्दै उनले संविधान मिचेर सरकारले दिउँसै रात पार्न खोजेकोले सशक्त आन्दोलन गर्न निर्देशन दिए । भने– ओलीको सरकारले देश, संविधान र लोकतन्त्रमाथि नै प्रहार गरेको छ । त्यसविरुद्ध सशक्त आन्दोलन गर्नुस् । भोलि ओली पक्षले गर्ने भनेको आमसभालाई प्रचण्डले पञ्चर्यालीको उपमा दिए । विगतमा पनि तानाशाहले यस्तै गरेको भन्दै उनले ओली पक्षको सभालाई ‘निभ्ने बेलाको दीयो’ भने ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























