Breaking News

काठमाडौंमा बन्द गराउँदै हिड्ने नेतृ अष्टलक्ष्मी शाक्यसहित प्रचण्ड-माधव पक्षका नेता पक्राउ

Banner

काठमाडौँ,माघ २२-

प्रचण्ड माधव समूहले बिहीबारका लागि घोषणा गरेको आमहड्तालमा प्रहरी प्रशासनले राजधानीमा सुरक्षा व्यवस्था कडा बनाएको छ । यही क्रममा कलंकी क्षेत्रबाट नेतृ अष्टलक्ष्मी शाक्यसहित नेता-कार्यकर्ता पक्राउ परेका छन् । प्रचण्ड-माधव समुहले नेतृ शाक्यलाई कलंकी क्षेत्रको कमान्डर तोकेको थियो । प्रहरीले कलंकी क्षेत्रबाट ८ जनालाई पक्राउ गरिएको जानकारी दिएको छ ।

प्रहरीका अनुसार हालसम्म बन्द गराउँदै हिँडेका सोह्रखुट्टे क्षेत्रबाट १३ जना, महाराजगञ्जबाट १० र नयाँ बानेश्वरबाट ४ जना पक्राउ परेका छन् । बन्दकर्ताले बिहानै गोंगबुमा एउटा ट्याक्सीमा आगजनी गरेका थिए । त्यस्तै बिभिन्न स्थानमा सवारी साधनमा तोडफोड गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रचण्ड–माधव समूहले बन्द सफल बनाउन उपत्यकाका बिभिन्न ११ स्थानमा स्थायी कमिटी सदस्यको नेतृत्वमा कार्यकर्ता परिचालन गर्ने बताएको थियो । कलंकीको नेतृत्व गरेकी शाक्यलाई प्रहरीले पक्राउ गरेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>