Breaking News

प्रचण्ड-माधव समूहका कार्यकर्ताले एक बिहानै ट्याक्सी जलाए

Banner

काठमाडौं,माघ २२-

संवैधानिक नियुक्तिको विरोधमा नेपाल बन्द आब्हान गरेको प्रचण्ड-माधव समूहका कार्यकर्ताले आज विहानै काठमाडौंमा एउटा ट्याक्सी जलाएका छन । गोगबुमा कुम्भ नारायण श्रेष्ठको प्रदेश ३-०१- ००२ ज ५८८१ नम्वरको ट्याक्सीमा आगजनी गरेका हुन ।

महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी अशोक सिंहले दुई अज्ञात व्यक्तिले रोकिरहेको ट्याक्सीमा आगजनी गरेर भागेको जानकारी दिए । ‘कालो ज्याकेट लगाएर आएका दुई जनाले ट्याक्सीमा आगजनी गरेर भागेका छन् । ट्याक्सीमा पूर्णरुपमा क्षति पुगेको छ,’ सिंहले भने, ‘दुई जनाको खोजी कार्य भइरहेको छ ।’ सरकारले संवैधानिक निकायहरुमा नियुक्ति गरेको भन्दै त्यसको विरोधमा बिहीबार देशव्यापी आम हड्ताल प्रचण्ड–नेपाल पक्षले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>