Breaking News

बन्दका नाममा जवरजस्ती पसल बन्द गराए कारवाही गर्छौँः चितवन प्रशासन

Banner

चितवन,माघ २१-

चितवन प्रशासनले आम हड्तालका नाममा पसल बन्द गराए कारवाही गर्ने बताएको छ । सरकारको विरोधमा प्रचण्ड–माधव समूहले भोली आम हड्तालको घोषणा गरेसँगै चितवन प्रशासनले यस्तो बताएको हो । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले नारायणी अनलाइनसंग कुरा गर्दै जवरजस्ती बन्दका गतिविधि संचालन गरे कानुन बमोजिम कारवाही गरिने बताए ।

प्रचण्ड समूहको नेकपाले आमहड्तालका क्रममा अस्पताल, एम्बुलेन्स, पानी, दूध, औषधिलगायतका अत्यावश्यक सेवा, विद्यार्थीहरुको परीक्षा सञ्चालनमा अवरोध नगर्ने बताएको छ । यद्यपी भोली नै कतिपय विद्यार्थीहरुको परीक्षा भएकाले केन्द्रसम्म पुग्न समस्या हुने देखिएको छ । चितवनका प्रहरी प्रमुख नान्तिराज गुरुङले भोली सम्पूर्ण सुरक्षा व्यवस्था कडा गरिने बताए । उनले गैरकानूनी काम गर्ने, पसल बन्द गराउँदै हिँड्नेहरुलाई नियन्त्रणमा लिएर कारबाही गर्ने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>