Breaking News
चुनाव गर्न निर्वाचन आयोगले माग्यो सात अर्ब सात करोड रूपैयाँ
०

काठमाडौं, माघ २१-
सरकारले घोषणा गरेको मध्यावधी निर्वाचनका लागि निर्वाचन आयोगले सरकारसँग सात अर्बभन्दा बढी बजेट माग गरेको छ ।
आगामी वैशाख १७ र २७ गतेका लागि तोकिएको निर्वाचन खर्च सात अर्ब सात करोड ९४ लाख ८० हजार चाहिने आयोगको हिसाब छ । सो रकम अर्थ मन्त्रालयसँग माग गर्ने निर्णय आयोगले गरेको छ ।
प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि आर्थिक व्यवस्थापन सम्बन्धमा प्रतिनिधिसभा सदस्य निर्वाचन सञ्चालन आर्थिक कार्यविधि–२०७७ र निर्वाचन सञ्चालन र व्यवस्थापनका लागि सो रकम आवश्यक पर्ने भएको निर्वाचन आयोगले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























