Breaking News
प्रचण्डलाई लिखित जवाफसहित सात दिनभित्र हाजिर हुन सर्वोच्चको आदेश
०

काठमाडौं,माघ २१-
नेपाल कम्युनिस्ट पार्टी नेकपाको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सर्वोच्च अदालतले सात दिनभित्र उपस्थित हुन आदेश दिएको छ। अदालतको अवहेलना मुद्दामा अदालतले लिखित जवाफसहित सात दिनभित्र आफैँ उपस्थित हुन आदेश दिएको हो।
अध्यक्ष प्रचण्डलाई न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले अदालतमा आदेश दिएको निर्देशन दिएको हो। प्रचण्डले पटक–पटक अदालत र न्यायाधीशहरूलाई लक्षित गरी सार्वजनिक रुपमा धम्कीपूर्ण अभिव्यक्ति दिएको भन्दै अधिवक्ता समीर हायूले दर्ता गरेका थिए।
प्रतिनिधिसभा विघटनसम्बन्धी सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रचण्डले प्रभावित पार्न खोजेको, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाको मान्यता र संवैधानिक एवं कानुनी व्यवस्था प्रतिकूल भएको दावी रिटमा गरिएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























