चितवन विशेष
नेविसंघ सप्तगण्डकीको सभापतिमा गुरुङ

चितवन, माघ २१–
नेपाल विद्यार्थी संघ सप्तगण्डकी बहुमुखी क्याम्पस इकाई सभापतिमा रामबहादुर गुरुङ (साजन) चयन भएका छन् ।
बुधबार भएको इकाइ अधिवेशनले गुरुङ नेतृत्वमा सर्वसम्म नयाँ समिति चयन गरेको हो । इकाई समितिको उपसभापतिमा धनबहादुर, शुशील कोइराला, दिपेश आचार्य, दिपेश पराजुली, सचिवमा सुलभ मिश्र, सहसचिवमा विवेक पोखरेल, सीता सापकोटा, आशिष खनाल र कोषाध्यक्षमा इच्छा उप्रेती चयन भएका छन् ।
यसैगरी सदस्यहरुमा सिरीसा ढकाल, प्रतिमा पौडेल, विनोद गिरी, सविन मिश्र, विनोद पौडेल, अभिषेक केसी चयन भएका छन् । यस्तै सुरक्षा मिश्र, शिला उपाध्याय, प्रशान्त सापकोटा, कविता भट्टराई, कृष्ण सुवेदी, कमल रानामगर, भूमिका काफ्ले, अस्मीता नेपाली, कृष्णा सुवेदी, राजु भट्टराई, आर्यन ढकाल, रुपेश गुरुङ र कृष्णा दाहाल चयन भएका छन् ।
नेविसंघ चितवनका पूर्व सभापति एवंम नेपाली काँग्रेस चितवनका युवा नेता परमेश्वर खनालको प्रमुख आतिथ्यता एवंम इकाई सभापति राजेश भुषालको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व इकाई सभापति कृष्ण बगालेलगायतको उपस्थिति रहेको थियो ।




























