Breaking News

बन्द हड्ताल गर्नु हाम्रो बाध्यता होः नेकपा (प्रचण्ड–माधव समूह)

Banner

काठमाडौं, माघ २१–

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले भोलि (विहीबार) गरेको आम हड्ताल बाध्यात्मक भएको जनाएको छ ।

आज काठमाडौंस्थित पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै सरकारले बलमिच्चाई गरी संवैधानिक नियुक्तीहरु गरेकोले त्यसलाई रोक्नका लागि बाध्यात्मक रुपमा बन्द हड्ताल गरिएको जनाएको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठले अगामि आन्दोलनहरु शान्तिपूर्ण नै हुने दावी गर्दै भोलिको बन्द सरकारलाई दवाब दिन गरिएको बताए ।

‘सरकारको प्रतिगामी कमद खारेज गराउनु, संवैधानिक अंगहरुमा गरिएको नियुक्ती खारेज गराउनु नै भोलिको बन्द हड्ताल गर्नुपरेको हो’–श्रेष्ठले भने । उनले सरकार आफैले प्रतिनिधिसभा विघटन गरी कामचलाउ सरकार बनि सकेको अवस्थामा बहुमतको सरकारजस्तै निर्णय गरिरहेकोले कडा कदम चाल्नु परेको बताए ।

यस्तै प्रवक्ता श्रेष्ठले पत्रकारको प्रश्नमा सत्तारुढ नेकपा (ओली समूह)ले शुक्रबार गर्न लागेको आमसभालाई लक्षित नभई सरकारलाई दवाब दिने उद्देश्यले मात्रै हड्ताल गर्न लागिएको जानकारी दिए । ‘आमसभालाई लक्षित होइन, त्यसमा हड्दातलको कुनै साइनो छैन, बलमिच्चाई, फासी प्रवृत्ति निर्णको प्रतिवाद मात्रै हो’–प्रवक्ता श्रेष्ठले भने । उनले विद्यार्थीहरुको परीक्षामा कुनै असर नपर्ने जानकारी दिँदै विद्यार्थीहरु प्रवेश पत्र देखाएर सवारी साधन चलाउन पाउने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>