Breaking News
काठमाडौंमा ओली पक्षीय युवा संघ र अनेरास्ववियूको बृहत् मोटरसाइकल र्याली
०

काठमाडौं,माघ २१-
ओली पक्षीय नेकपाको वागमती प्रदेश कमिटीको आयोजनामा माघ २३ गते हुने शक्ति प्रदर्शनको तयारीस्वरूप युवा संघ र अनेरास्ववियूले आज संयुक्त रूपमा मोटरसाइकल र्याली गरेको छ । नेता महेश बस्नेतले नेतृत्व गरेको मोटरसाइकल र्यालीमा १० हजार युवाले मोटरसाइकलसहित सहभागिता जनाएको युवा संघको दावी छ।
मध्यान्ह १२ बजे बालकुमारीबाट शुरु र्याली सातदोबाटो-लगनखेल-जावलाखेल-पुल्चोक-थापाथली-त्रिपुरेश्वर-एनएसी-जमलचोक- दरबारमार्ग-नारायणहिटी-जयनेपाल हल-कमलपोखरी-रातो पुल-गौशाला-एयरपोर्ट हुँदै तीनकुने पुगेर सभामा परिणत भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























