Breaking News

संवैधानिक आयोगमा नियुक्ति विरुद्धको मुद्दा टुङ्गो नलाग्दै शपथ

Banner

काठमाडौं, माघ २१-

संवैधानिक परिषदले विभिन्न संवैधानिक निकायहरूमा नियुक्तिका लागि सिफारिस गरिएकाहरूले बुधबार शपथग्रहण गरेका छन् ।

संसदीय सुनुवाइबिनै उनीहरूले बुधबार बिहान राष्ट्रपति कार्यालयमा शपथ लिएका हुन् । राष्ट्रपति कार्यालयमा बुधबार आयोजित कार्यक्रममा संवैधानिक निकायका प्रमुखलाई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र अन्य सदस्यलाई सम्बन्धित निकायका प्रमुखले शपथ गराएका थिए।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते नै प्रतिनिधि सभा विघटन गरेकी थिइन्।

सभामुख सापकोटाले प्रतिनिधि सभा विघटन भएकाले सिफारिस सुनुवाइ गर्न नसक्ने भन्दै केही दिनअघि फिर्ता पठाइदिएका थिए।

संघीय सांसदको कार्य सञ्चालन नियमावलीमा संवैधानिक परिषदबाट सिफारिस भएकाहरूको ४५ दिनसम्म संसदीय सुनुवाइ नभए स्वतः नियुक्ति मानिने व्यवस्था छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>