Breaking News

अख्तियारका प्रमुख आयुक्तलगायत विभिन्न संवैधानिक आयोगका पदाधिकारी आज शपथ ग्रहण गर्दै

Banner

काठमाडौं,माघ २१-

मंसिर ३० मा संवैधानिक परिषदको बैठकले सिफारिस गरेका विभिन्न संवैधानिक आयोगका पदाधिकारीले बुधबार राष्ट्रपति समक्ष शपथ ग्रहण गर्ने भएका छन्। राष्ट्रपति कार्यालय स्रोतका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषदको सिफारिस अनुसार विभिन्न आयोगका पदाधिकारीलाई बुधबार नियुक्ती गर्दै शपथ ग्रहण गराउने छिन्।

संवैधानिक आयोगका पदाधिकारीका लागि सिफारिस व्यक्तिहरुले संसदीय सुनुवाईमा परीक्षण हुनुपर्ने भए पनि प्रतिनिधिसभा विघटनपछि उनीहरुको सुनुवाई भने हुन सकेन। सभामुख अग्निप्रसाद सापकोटाले सुनुवाई गर्न नसकिने भन्दै संवैधानिक परिषदको सिफारिस आइतबार फिर्ता पठाएका थिए भने राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सेनाले सभामुख सापकोटाले सिफारिस फिर्ता पठाएकोमा आपत्ति प्रकट गरेका थिए।

मंसिर ३० मा बिहान बसेको संवैधानिक परिषद्को बैठक सभामुख सापकोटाले बहिस्कार गरेपछि सरकारले सोही दिन अध्यादेश जारी गर्दै बेलुका फेरि परिषद्को बैठक बसारीले पदाधिकारी सिफारिस गरेको थियो। मंसिर ३० मा बसेको संवैधानिक परिषद बैठकले अख्तियार दुरुपयोग आयोगको प्रमुख आयुक्तमा प्रेमकुमार राई र आयुक्तमा जयबहादुर चन्द तथा किशोर सिलवालको नाम सिफारिस गरेको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>