चितवन विशेष

प्रोगेसिभ इन्जिनियरिङ एशोसिएसन चितवनको गठन,पोख्रेलको नेतृत्व

Banner

चितवन, माघ २०-

प्रोग्रेसिभ इन्जिनियरिङ एशोसिएसन नेपाल -पिन_ले चितवन कमिटी गठन गरेको छ । सत्तारुढ नेकपा -केपी ओली समूह_ निकट पिनले प्रचण्ड–माधव निकट इन्जिनियर हटाएर चितवन समिति गठन गरेको हो ।

२१ सदस्यीय पिनको चितवन जिल्ला कमिटीको अध्यक्षमा सुवास पोख्रेल, उपाध्यक्षमा रोशन पौडेल, सचिवमा सीएम बस्याल, कोषाध्यक्षमा रमाकान्त पाठक रहेका छन् । त्यसैगरी सचिवालय सदस्यहरुमा विप्लव रेग्मी, उदय तिवारी र दिपेश ढुंगाना रहेका छन् । त्यस्तै सदस्यहरुमा उत्सव सिलवाल, निशान अधिकारी, उद्धव ढकाल, विपिन सापकोटा, प्रकाश देवकोटा, सुधन पौडेल, आशिष सापकोटा, पर्वत अधिकारी, विमर्श पौडेल, सफल सापकोटा, दर्शन अधिकारी, दिवस वंशी, सरोज अधिकारी र सन्देश सुवेदी रहेका छन् ।

त्यसैगरी प्रोग्रेसिभ इन्जिनियरिङ एशोसिएसन नेपाल -पिन_ले शनिबार वागमती प्रदेश समिति पनि पुनर्गठन गरेको छ । पिनको भेलाले अध्यक्ष पदम ओलीलाई कायम राखेर पिनको पुरानो विवादित वागमती प्रदेश समितिमा उपाध्यक्ष, सचिव र कोषाध्यक्ष परिवर्तन गरेको छ । त्यस्तै सचिवालय सदस्य र सदस्यहरुमा पनि ब्यापक हेरफेर गरेको छ । प्रदेशमा चितवनबाट शिव चापागाइँले प्रतिनिधित्व गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>