Breaking News

नख्खु जेलभित्र खानेपानी मन्त्री र विप्लब समूहका नेताबीच वार्ता

Banner

काठमाडौं,माघ २०-

सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको विद्रोही नेकपाबीच अनौपचारिक संवाद चलिरहेका बेला खानेपानीमन्त्री मणी थापाले जेलमा रहेका विप्लबपछिका नेता हेमन्तप्रकाश ओलीलाई भेटेका छन् । आज विहान नख्खु कारागारमा गएर मन्त्री थापाले विप्लब समूहका नेता ओलीलाई भेट गरेका हुन् । आफूले विप्लब समूहका नेतालाई भेट गरेको थापाले पुष्टि गरे ।

तत्कालीन माओवादी जनयुद्धकालदेखिकै साथी रहेका मणी थापा र हेमन्तप्रकाश ओलीबीच हिंसात्मक गतिविधि छाडेर शान्तिपूर्णरूपमा आउने हो भने सरकारले सहजीकरण गर्नेबारे कुरा भएको बताइएको छ । प्रधानमन्त्रीले केही दिनअघि असन्तुष्ट समूहहरुलाई वार्तामार्फत मूलधारमा ल्याउने बताए लगत्तै पूर्वमाओवादी पृष्ठभूमिका मन्त्रीहरू विप्लब समूहसँग सम्पर्कमा जुटेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>