Breaking News
निर्वाचन आयोगमा प्रचण्डले भनेः ओली नेकपाको प्रथम अध्यक्ष होइनन्
०

काठमाडौं,माघ २०-
प्रचण्ड-माधव नेपाल नेतृत्वको नेकपाले केपी शर्मा ओली पार्टीको प्रथम अध्यक्ष नरहेको दाबी निर्वाचन आयोगसमक्ष गरेको छ । प्रचण्डसहितका नेताहरू मंगलबार निर्वाचन आयोग पुगेर ओली विगतमा पनि प्रथम अध्यक्ष नरहेको र अहिले पार्टीको साधारण सदस्यबाट समेत निष्कासन भइसकेको बताएका हुन् ।
आयोगमा दलको आधिकारिकता दाबी गरेपछि संचारकर्मीहरुसँग कुरा गर्दै नेता राजेन्द्र पाण्डेले आयोगले माघ १२ गतेको पत्रमा ओलीलाई पहिलो अध्यक्ष मानेको हुनाले त्यो भ्रम मेटाउने प्रयत्न आफूहरुले गरेको बताए ।
पाण्डेले भने, ‘निर्वाचन आयोगले केपी ओलीलाई प्रथम अध्यक्ष मानेको छ । उहाँहरुले केही प्रश्न उठाउनुभएको छ । त्यसलाई हामीले भ्रम निवारण गर्ने र केपी ओली प्रथम अध्यक्ष होइन भनेका छौं । विधानमा जसले अध्यक्षता गरेको छ उही प्रथम हुने व्यवस्था गरेको कुरा बताएका छौं ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























