Breaking News
उवासंघ-चितवनको स्थापना दिवसः ६१ वटा दीप प्रज्ज्वलन

चितवन, माघ १९-
उद्योग वाणिज्य संघ-चितवनले विविध कार्यक्रम गरी ६१ औं स्थापना दिवस मनाएको छ ।
स्थापना दिवसको अवसरमा संघका अध्यक्ष राजु श्रेष्ठले संघलाई वर्तमान अवस्थामा ल्याई पुर्याउनका लागि अग्रज, पूर्वअध्यक्ष, पूर्वकार्यसमिति सदस्यलगायत शुभचिन्तकको अमूल्य योगदान रहेको बताउँदै उनीहरु प्रति आभार व्यक्त गरे । कार्यक्रममा अध्यक्ष श्रेष्ठले कोभिडका कारण क्षतविक्षत भएको उद्योग व्यवसाय क्षेत्रलाई प्रवद्र्धन गर्नका लागि संघले कठिन परिस्थितिमा पनि विभिन्न कार्यक्रम सम्पन्न गर्नसकेको बताए । उनले संघले चितवन जिल्लाको समग्र विकासका लागि कृषि , शिक्षा, स्वास्थ्य र पर्यटन क्षेत्रलाई आधार स्तम्भको रुपमा लिई कार्यक्रम सञ्चालन गरिरहेको बताउँदै उद्योगी व्यवसायीको हक,हितको संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्दै जिल्लाको आर्थिक रुपान्तरणमा सदैव सक्रिया भूमिका निर्वाह गर्ने विचार राखे ।
कार्यक्रममा संघका पूर्वअध्यक्ष प्रचण्डलाल प्रधानले संघको इतिहास गौरवमय र अन्य उवासंघहरुको लागि पनि प्रेरणादायी रहेको बताउँदै संघले आफूलाई समयानुकुल परिमार्जन गर्दै लैजानुपर्ने बताए । कार्यक्रममा प्रमुख अतिथि प्रधानले चितवन जिल्लालगायत देशकै आर्थिक, सामाजिक एवम् शैक्षिक विकासमा संघले महत्वपूणर् भूमिका निर्वाह गरेको बताए ।

कार्यक्रममा प्रमुख अतिथि, पूर्वअध्यक्ष संघका पदाधिकारी एवम् कार्यसमिति र वस्तुगत संघका अध्यक्षहरुले संयुक्तरुपमा ६१ वटा दिप प्रज्ज्वलन गरिएको थियो । संघले आफ्नो ६१ औं स्थापना दिवसको अवसरमा संघको परिसरमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रमको आयोजना गरेको थियो । नेशनल सिटी हस्पिटलको सहयोगमा सञ्चालित उक्त स्वास्थ्य परीक्षण कार्यक्रममा ८० जनाले निःशुल्क प्रेसर जाँच, सुगर परीक्षणलगायतका सेवा लिएको संघका कार्यकारी निर्देशक निलबहादुर केसीले जानकारी दिए ।
संघका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठ, फेन्सी व्यवसायी संघका अध्यक्ष माधवप्रसाद अधिकारीलगायतले बोलको थिए । उक्त कार्यक्रम पश्चात संघले चितवनको पटिहानीमा वार्षिक समीक्षा गोष्ठी समेत आयोजना गरेको सचिवालयले जनाएको छ । संघका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
























