चितवन विशेष

शुभ पेट्रोल्याण्डद्धारा दुई विद्यार्थीलाई जीतबहादुर पिया स्मृति छात्रवृत्ति प्रदान

Banner

चितवन, माघ १३–

नारायणगढका युवा व्यवसायी सबल पियाले दुई विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेका छन् ।

शुभ पेट्रोल्याण्डका संचालक समेत रहेका पियाले पेट्रोल पम्पको १८ औं वार्षिकोत्सव तथा हजुरबुवा स्वर्गीय जीतबहादुर पियाको स्मृतिमा दुई विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेका हुन् । नारायणी नमुना माध्यमिक विद्यालय भरतपुरमा अध्ययनरत विद्यार्थीद्धय हिमांशु दुलार र गौतम विसीले एक वर्षको छात्रवृत्ति पाएका छन् । विद्यालयमा लाग्ने एक वर्षको पुरा शुल्क मंगलबार एक कार्यक्रमकाबीच युवा व्यवसायी पियाले विद्यालयका सहायक प्राचार्य बासु शर्मालाई हस्तान्तरण गरे ।

सो क्रममा बोल्दै सहायक प्राचार्य शर्माले विद्यार्थीको शिक्षाका लागि आवश्यक सहयोग गरेकोमा व्यवसायी पियालाई धन्यवाद ज्ञापन गरे । व्यवसायी पियाले ती दुई विद्यार्थीलाई कक्षा १० सम्म छात्रवृत्ति प्रदान गरिने जानकारी दिए ।

हिमांशु कक्षा ९ मा अध्ययनरत छन् भने गौतम ७ कक्षामा अध्ययन गरिरहेका छन् । कैलालीबाट चितवन झरेका विपन्न परिवारका यी दुई विद्यार्थीलाई अध्ययन गर्न आर्थिक समस्या भएपछि व्यवसायी पियाले वर्षभरि लाग्ने सबै खर्च व्यहोरेका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>