Breaking News

चितवनका पुराना वामपन्थी नेता खम्बसिंह कुँवरको निधन

Banner

चितवन, माघ १३–

चितवनका पुराना वामपन्थी नेता खम्बसिंह कुँवरको निधन भएको छ । उहाँको ९५ बर्षको उमेरमा आज (मंगलबार) बिहान ८ः४५ बजे भरतपुर अस्पतालमा निधन भएको हो ।

लामो समयदेखि प्रोस्टेटको समस्या झेल्दै आउनुभएका कुँवरलाई एक हप्तादेखि भरतपुर अस्पतालमा भर्ना गरेर उपचार गरिएको उहाँका ज्वाई टेक बहादुर थापाले नारायणी अनलाइनलाई जानकारी दिनुभयो । उहाँलाई अन्तिम समयमा निमोनिया समेत भएको थियो । २०११ सालदेखि कम्युनिष्ट पार्टीमा लाग्नुभएका कुँबरले २०२२ साल देखि आफ्नै नेतृत्वमा चितवनबाट प्रगतिशिल पार्टीको सुरुवात गर्नुभएको थियो । पछिल्लो समय उहाँ नेकपाको केन्द्रिय सल्लाहाकार हुनुहुन्थ्यो ।

उहाँको शव भरतपुर ६ केशरबागमा रहको निवासमा लगेपछि आजै अन्तिम श्रद्धान्जलीका लागि पार्टी कार्यलयमा राखिनेछ । कुँवरको अन्तिम संस्कारमा सहभागी हुन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्ड चितवन आउने कार्यक्रम रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>